National life

नेप्से दबाबमा, तर यी कम्पनीमा उच्च किनबेच

आँखुखोला जलविद्युतको सर्वाधिक सेयर खरिदबिक्री भएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१० असार २०८३, बुधबार
1.7kShares
नेप्से दबाबमा, तर यी कम्पनीमा उच्च किनबेच
ncell

काठमाडौं । सेयर बजारमा गिरावटको प्रवृत्ति बुधबार पनि कायम रह्यो। यस दिन नेप्से परिसूचक १४.४५ अंकले घट्दै २६६०.०२ विन्दुमा सीमित भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारोबारतर्फ भने बजार सक्रिय देखिएको छ। दिनभरमा १ करोड ७ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

बजारको समग्र अवस्था हेर्दा अधिकांश कम्पनीमा गिरावट देखिएको छ। कुल ६२ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।

आज केही जलविद्युत र लघुवित्त कम्पनीहरूमा भने उल्लेखनीय वृद्धि देखियो। टक्सार पिखुवा खोला हाइड्रोपावर र यामबलिङ हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै, भुजुङ हाइड्रोपावरमा ११.८९ प्रतिशत, सीवाईसी नेपाल लघुवित्तमा ९.९० प्रतिशत र सर्पोट माइक्रोफाइनान्समा करिब ४.९७ प्रतिशतले वृद्धि भएको छ।

समग्रमा बजारमा लगानीकर्ताको आत्मविश्वास कमजोर देखिँदा सूचकमा दबाब परेको विश्लेषण गरिएको छ।

त्यसैगरि, आँखुखोला जलविद्युतको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २९ करोड ३८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सोपान फर्मास्युटिकल्सको १७ करोड २२ लाख, युनाइटेड मोदी हाइड्रोपावरको ११ करोड ८२ लाख, साहश उर्जाको ११ करोड, शिवम् सिमेन्टको १० करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?