National life

'तरलता सहज भएसँगै शेयर बजार केही समयमै उकालो लाग्छ’

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
764Shares
'तरलता सहज भएसँगै शेयर बजार केही समयमै उकालो लाग्छ’
ncell

काठमाडाैं । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले अव केही समयमै मार्केट सहज हुँदै जाने बताईन् । मौद्रिक नीति पछि लगातार घट्दो क्रममा देखिएको शेयर बजार अब बैङ्किङ तरलता सहज भएपछि शेयर बजार उकालो लाग्ने उनको भनार्ई छ ।

अहिले लोनको लागि पनि सहज भएको बताउँदै उनले अव अलिकती ब्याजदर पनि कम हुँदै गए मार्केट सहज हुने जाने बताइन् ।

उनका अनुसार, मौद्रिक नीतिमा सकारात्मक नभएका कारण शेयर मार्केट झन् खस्किँदै गएको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मौद्रिक नीतिमा एक थरी भाषा प्रयोग गरिएको र त्यसपछि १ घण्टामै पत्रकार सम्मेलनको आयोजना गरी फरक कुरा सार्वजनिक गरिएकाले लगानीकर्ता अलमलमा परेका हुन् ।

उनले भनिन् ‘मौद्रिक नीतिको पूर्ण पाठ हेर्दा केहि भए पनि राहत दिने खालको मौद्रिक नीति आएको महसुस भएको थियो,१५० को जोखिम भार १०० मा झार्ने होला भनेर स्वागत गरियो । तर केही घण्टामै पत्रकार सम्मेलन गरेर गरेको २५ लाख सम्मका लगानीकर्ताका मात्रै हो भन्दै सबै साइजका कर्जाको जोखिम भार नघट्ने जानकारी दिइयो, ठुला लगानीकर्तालाई भगाउने अनि साना लगानीकर्ता मात्रै बजारमा बसेर के गर्न सक्छन् र ? क्यापासिटि अनुसार राज्यले सुविधा त दिनुपर्यो नि ।’ राष्ट्र बैङ्कले राम्रो पोलिसी ल्याउन नसकेको उनको भनाई छ ।

बजार राम्रो हुने साउन, भदौ र असोज भएको भन्दै सुरुवातमै बजार लगातार घट्दै जाँदा लगानीकर्ता निराश भएको बताइन् । लगानीकर्ताहरु पनि बुझ्दैनन्, उनले भनिन्,‘एकातर्फ लगानीकर्ताहरु परिपक्क नहुँदा पनि समस्या छ।,अर्कातिर राज्यले पनि राम्रो पोसिली ल्याउन सक्दैन, राष्ट्र बैङ्कले राम्रो पोलिसी ल्याइदिए पनि सहज हुने थियो । ’

 

यो समाचार शेयर गर्नुहोस्
764SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?