National life

मर्जरको बाटो खुलाउँदै एनएमबि लघुवित्त : चैत २५ मा साधारण सभा, यी हुन् एजेन्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०४ चैत २०८२, बुधबार
1.2kShares
मर्जरको बाटो खुलाउँदै एनएमबि लघुवित्त : चैत २५ मा साधारण सभा, यी हुन् एजेन्डा
ncell

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्नो १३औं वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले सभा चैत २५ गते बुधबार पोखरा–८, न्यूरोडस्थित होटल सिटी स्क्वायर प्रा.लि.मा बिहान १० बजे बस्ने निर्णय गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सभाको मुख्य प्रस्तावअन्तर्गत नेपाल राष्ट्र बैंक बाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति (मर्जर/अधिग्रहण) प्रक्रिया अघि बढाउने विषय पारित गरिनेछ।

यसैगरी, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, सोही आवको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि पनि छलफल गरी स्वीकृत गरिनेछ।

साथै, आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, र एनएमबि बैंक बाट संस्थामा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ।

साधारण सभा प्रयोजनका लागि संस्थाले चैत १७ गते एक दिनका लागि शेयर दाखिला–खारेजी (बुक क्लोज) गर्ने निर्णय गरेको छ। त्यसअनुसार चैत १६ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?