National life

सालपा विकास बैंकको आईपीओ बाँडफाँड, १७ हजार २ सय ३८ जनाले पाए शेयर

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०४ पुस २०८२, शुक्रबार
1.2kShares
सालपा विकास बैंकको आईपीओ बाँडफाँड, १७ हजार २ सय ३८ जनाले पाए शेयर
ncell

काठमाडाैँ। सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । आज बिहान बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले शेयर बाँडफाँड गरेको हो।

कम्पनीले मङ्सिर २५ देखि मङ्सिर २९ गतेसम्म पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ७२ हजार ३ सय ८८ कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार उक्त निष्काशनमा ६७ हजार ६ सय ५५ जनाको आवेदन परेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमा ६७ हजार ६ सय ३७ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार १७ हजार २ सय ३८ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर ८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँको १७ लाख २३ हजार ८ सय ८० कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । बैंकले गत वैशाख २३ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

खोटाङ जिल्लामा केन्द्रीय कार्यालय रहेको सालपा विकास बैंकको सेवा क्षेत्र पनि सोही जिल्लामा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?