National life

हिमालयन ८०–२० म्युचुअल फण्डको इकाईमा आवेदन दिने समय थप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ भदौ २०८०, सोमबार
595Shares
हिमालयन ८०–२० म्युचुअल फण्डको इकाईमा आवेदन दिने समय थप
ncell

काठमाडौं । हिमालयन क्यापिटलले निष्काशन गरेको हिमालयन ८०–२० मा आवेदन दिने समय थप गरिएको छ । उक्त अइकाईमा आवेदन दिने आज भदौ ४ गते अन्तिम दिन थियो । अब लगानीकर्ताहरुले भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

मागभन्दा धेरै आवेदन पर्न आएमा भदौ १५ गतेभन्दा अगावै निष्काशन बन्द गरिने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साउन ३२ गते बिहिबार देखि निष्काशनमा ल्याएको उक्त फण्डमा २३ हजार ५१२ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार भदौ ३ गते साँझ ५ः०६ बजेसम्म १ करोड ३२ लाख २७ हजार ६०० कित्ताका लागि आवेदन दिएका हुन् ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रबर्द्क हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।

उक्त फण्डको इकाईमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँड गर्न सकिनेछ। न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने जनाएको छ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?