National life

आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णयको सम्मान गर्छौं : एनसेल

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२९ जेठ २०८०, सोमबार
544Shares
आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णयको सम्मान गर्छौं : एनसेल
ncell

काठमाडौं । ऐनसेल आजियाटाले इन्टरनेशनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट ‘आईसीएसआईडी’ को मध्यस्थ सम्बन्धी निर्णयको सम्मान गर्ने भएको छ । एनसेलले भनेको छ, ‘आजियाटा न्यायाधिकरणको निर्णयलाई सम्मान गर्दछ र निर्णयका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको छ ।’

यस विषयमा अद्यावधिक जानकारीहरु पछि घोषणा गरिने एनसेलले बताएको छ ।

आजियाटा इन्भेस्टमेन्ट (युके) लिमिटेड ‘आजियाटा युके’ र एनसेल आजियाटा लिमिटेड ‘एनसेल’ ले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट ‘आईसीएसआईडी’ले आफ्नो मध्यस्थता कारबाही (मुद्दा नम्बर एआरबी/१९/१५) सम्बन्धी निर्णय दिएको आजियाटा ग्रुप बरहादले पुष्टि गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मध्यस्ततासम्बन्धी नेपालले २०४९ फागुन १९ मा भएको द्विपक्षीय लगानी प्रवर्द्धन र संरक्षण सम्झौताअनुसार आफ्नो दाबी राख्दै आजियाटा इन्भेस्टमेन्टस् (यूके) लिमिटेड र एनसेल आजियाटा लिमिटेडले मुद्दा दायर गरेको उल्लेख गरेको छ। यही मुद्दाको सुनुवाइ गर्दै आईसीएसआईडीले दिएको निर्णय पुष्टि गरेको हो ।

आजियाटा युकेले सन् २०१६ मा एनसेलको ८० प्रतिशत सेयर अप्रत्यक्ष रुपमा कारोबार गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन दिएको निवेदन दिएको थियो। आईसीएसआईडी कम्भेन्सनको धारा ३७(२)(बी) अनुसार गठन भएको न्यायाधिकरणले जेठ २६, २०८० मा आजियाटा यूके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निर्णय दिएको हो।

एनसेलले नेपालसँग क्षतिपूर्ति माग गर्दै निवेदन दिएको थियो। न्यायाधिकरणले आफ्नो निर्णयमा अब नेपाल सरकारले यस कारोबारसँगसम्बन्धी कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज माग गर्न नपाउने एनसेलको दाबी रहेको छ।

आजियाटालाई र एनसेलले लिएको ऋण फिर्ता गर्नेसमेत गरि करिब १४ लाख अमेरिकी डलर नेपालले तिर्नुपर्ने एनसेलको दाबी छ।

एनसेलले आजियाटा आईसीएसआईडी र प्रक्रियामा संलग्न सबै सहभागीहरुलाई धन्यवाद दिँदै नेपाल सरकारसँग सदाझैँ रचनात्मक रुपमा समन्वय गरिरहने बताएको छ।

आजियाटा र एनसेलले नेपालको आर्थिक सामाजिक विकासका लागि उल्लेख्य योगदानहरू पुर्‍याएको बताएको छ । देशको एक ठुलो करदाताका रूपमा एनसेलले स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्ममा कर तथा विविध शुल्कहरू बापत रु २ खर्ब ८३ अर्ब योगदान गरेको एनसेलले बताएको छ ।

आफ्ना ग्राहक र नेपाली जनतालाई सेवा दिन पूर्ण रूपमा प्रतिबद्ध रहने पनि एनसेलले बताएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?