National life

आमाले गरिन् आफ्नै पाँच वर्षीय छोराको हत्या, टाउको पकाएर खाइन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ असोज २०८०, बुधबार
1.3kShares
आमाले गरिन् आफ्नै पाँच वर्षीय छोराको हत्या, टाउको पकाएर खाइन्
ncell

एजेन्सी । इजिप्टमा एक महिलाले आफ्नै छोराको हत्या गरि टाउको पकाएर खाएकी छिन् । हना मोहम्मद हसन नाम गरेकी महिलाले आफ्ना पाँच वर्षको छोराको हत्या गरेर टाउको पकाएर खाएकी हुन् । त्यसपछि त्यहाँको एक अदालतले ३० सेप्टेम्बरमा महिलालाई पागल घोषित गरेको छ ।

याे इजिप्टको फाकुस इलाकामा भएकाे घटना हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस घटनामा अदालतले आफ्नो निर्णयमा आरोपी हना हसनले छोरालाई पागलपनको अवस्थामा हत्या गरेको ठहर गर्दै उनलाई मानसिक अस्पतालमा राख्न आदेश दिएको छ ।

ती महिलाले चक्कुले छोराको हत्या गरेको अनुसन्धान गर्दा खुलेको छ । उनले घरको सबै झ्याल–ढोका बन्द गरेर छोराको टाउकोमा तीनपटक चक्कुले हमला गरेकी थिइन् ।

अनुसन्धानका अनुसार हनाले प्रमाण मेटाउने कोसिसमा युसुफको शवलाई टुक्रा टुक्रा पारिन् । खाना पकाउनु अघि पानी उमालिन् र छोराको टाउको र मासुको टुक्रा हालेर केही बेर पकाइन् र खाइन् ।

डेली मेलका अनुसार आरोपी आमाले छोराको हत्या गरेर उनको टाउको पानीको बाल्टीमा हालेको जानकारीमा उल्लेख छ । युसुफको शरीरका केही टुक्रा काकाले बाल्टीमा देखेपछि हत्यामा आमाको संलग्नताको आशङ्का गरिएको थियो ।

त्यसपछि ती महिलामाथि सोधपुछ गरियो । प्रहरीका अनुसार गिरफ्तारीपछि ती महिलाले छोराको हत्या गरेर टाउकाको केही भाग खाएको कुरा स्विकारिन् । यस्तो किन गरेको भनेर प्रश्न गर्दा छोरालाई सधैँ आफैँसँग राख्न हत्या गरेर खाएको उनले बताइन् ।

हसनले गिरफ्तारीपछि फाकुस प्रहरीलाई आफू मानसिक रोगबाट पीडित भएको बताइन् र आफ्नो उद्देश्य बच्चालाई हानी गर्ने नभएको पनि स्पष्ट पारिन् । श्रीमान्सँग सम्बन्ध विच्छेदपछि महिला र उनको बच्चा एक्लै बसिरहेका थिए ।

उनका पूर्व श्रीमान् एचएले आफूलाई प्रहरीले छोराको शव हेर्न नदिएको बताए । ‘त्यहाँको भयानक स्थिति देखेर प्रहरीले मलाई छोराको शव हेर्न दिएनन्’ उनले भने ।

‘हामी चार वर्ष अघि छुट्टिएका हौँ । उनलाई उनका बुवाले जग्गा दिएका थिए त्यसैले उनले मलाई मेरो परिवार छोड्न र उनीसँगै त्यहाँ गएर बस्न दबाब दिइरहेकी थिइन् । मैले त्यसो गरिनँ त्यसैले सम्बन्ध उनकै इच्छामा तोडिएको थियो । सम्बन्ध विच्छेद पछि पनि मिल्न खोजेको थिएँ तर उनी मानिनन् ।’

उनले थपे, ‘छोराले नै मलाई उनीसँग जोडेर राखेको थियो । म छोरालाई भेट्न गइरहन्थेँ । उनलाई लुगा लगिदिन्थेँ, केही चाहिएको छ भने किनिदिन्थेँ ।’

‘म मेरो छोराको बुवासँग बदला लिन चाहन्थेँ । उनको बुवा धेरैजसो घरमा आइरहन्थे र उनलाई मबाट खोसेर लैजान चाहन्थे’ वकिल समीर मोहम्मद सालेहका अनुसार आरोपीले आफूसँगको कुराकानीमा भनेकी थिइन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?