National life

११४ वर्ष पुरानो टाइटानिक स्मृति: लाइफ ज्याकेट १३ करोडभन्दा बढीमा बिक्री

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
2.8kShares
११४ वर्ष पुरानो टाइटानिक स्मृति: लाइफ ज्याकेट १३ करोडभन्दा बढीमा बिक्री
ncell

सन् १९१२ मा आरएमएस टाइटानिकको पहिलो यात्रामै भएको भीषण दुर्घटना विश्व इतिहासकै चर्चित समुद्री विपत्तिमध्ये एक मानिन्छ। “कहिल्यै नडुब्ने” भनिएको यो जहाज अप्रिल १४ मा हिमपहाडसँग ठोक्किएपछि डुबेको थियो, जसमा करिब २२०० यात्रुमध्ये झन्डै ७०० जना मात्रै जीवित बचेका थिए।

त्यही घटनाबाट ज्यान जोगाएकी एक महिला यात्रुले प्रयोग गरेको लाइफ ज्याकेट हालै बेलायतमा भएको लिलामीमा अत्यन्तै महँगो मूल्यमा बिक्री भएको छ। Henry Aldridge & Son ले आयोजना गरेको लिलामीमा उक्त ज्याकेट ६ लाख ७० हजार पाउण्ड (करिब साढे १३ करोड रुपैयाँ) मा किनबेच भएको हो।

यो दुर्लभ ज्याकेट टाइटानिक दुर्घटनाबाट बाँचेकी प्रथम श्रेणीकी यात्रु लाउरा माबेल फ्रांकाटेल्ली ले प्रयोग गरेकी थिइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनी फेसन डिजाइनर लुसी डफ गोर्डन की सचिव थिइन् र आफ्ना नियोक्ता दम्पतीसँग अमेरिका जाँदै थिइन्।

दुर्घटनापछि उनीहरू लाइफ ज्याकेट लगाएर लाइफबोटमा चढ्न सफल भएका थिए, जसले उनीहरूको ज्यान जोगियो। सो ज्याकेटमा सोही लाइफबोटमा रहेका अन्य बाँचेकाहरूका हस्ताक्षर समेत रहेको बताइएको छ।

लिलामी घरका अनुसार टाइटानिकसँग सम्बन्धित वस्तुहरूमा यो ज्याकेट विशेष ऐतिहासिक महत्व बोकेको सामग्री हो। जहाज डुबेको एक शताब्दीभन्दा बढी समय बितिसक्दा पनि यससँग जोडिएका व्यक्तिगत कथाहरू अझै जीवित रहेको उनीहरूको भनाइ छ।

यसअघि उक्त लाइफ ज्याकेट बेलायतको Titanic Belfast र अमेरिकाको टेनेसीस्थित पिजन फोर्जमा रहेको टाइटानिक संग्रहालयमा समेत प्रदर्शन गरिएको थियो।

यो समाचार शेयर गर्नुहोस्
2.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?