National life
cg eloctronics

एप्पलको पहिलो फोल्डेबल आईफोनमै समस्या, स्क्रिनमा धर्सा र चिरा परेको गुनासो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१० कात्तिक २०८३, मङ्गलबार
1.3kShares
एप्पलको पहिलो फोल्डेबल आईफोनमै समस्या, स्क्रिनमा धर्सा र चिरा परेको गुनासो
muktinatha bikash bank

काठमाडौं । बिक्री सुरु भएको केही दिनमै स्क्रिनमा समस्या देखिएपछि एप्पलले आफ्नो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ साटिदिने भएको छ।

करिब ३ लाख रुपैयाँ मूल्य पर्ने यस फोनको स्क्रिनमा धर्सा देखिने र पट्याउने भागमा चिरा परेको जस्तो देखिने समस्या आएको प्रयोगकर्ताले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। केही ग्राहकले फोन खोल्दा चरमराउने आवाज आउने गरेको गुनासोसमेत गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

लामो समयदेखि प्रतीक्षा गरिएको आईफोन डुओलाई एप्पलको स्मार्टफोन डिजाइनमा करिब २० वर्षयताकै ठूलो परिवर्तनका रूपमा हेरिएको छ। तर, बिक्री सुरु भएको केही दिनमै स्क्रिनमा समस्या देखिएपछि कम्पनीको नयाँ उत्पादनबारे प्रश्न उठ्न थालेका छन्।

एप्पलले यस्ता समस्या देखिएका फोन साट्नका लागि कम्पनीसँग सम्पर्क गर्न ग्राहकलाई आग्रह गरेको छ।

गत साता विश्वभरका एप्पल स्टोरमार्फत सार्वजनिक गरिएको आईफोन डुओ खरिद गर्न ग्राहकको भीड लागेको थियो। फोल्डेबल स्मार्टफोन बजारमा प्रवेश गर्दै एप्पलले आफ्नो उत्पादनको लोकप्रियता बढाउने र प्रतिस्पर्धी कम्पनीका फोल्डेबल फोनलाई चुनौती दिने लक्ष्य राखेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?