National life
cg eloctronics

सरकारको डिजिटल छलाङ: ‘एउटै खोज, सिङ्गो सेवा’ दिने नयाँ पोर्टल परीक्षणमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२४ असार २०८३, बुधबार
1.3kShares
सरकारको डिजिटल छलाङ: ‘एउटै खोज, सिङ्गो सेवा’ दिने नयाँ पोर्टल परीक्षणमा
ncell

काठमाडौं । करिब एक दशकपछि नेपाल सरकारको आधिकारिक वेब पोर्टलले नयाँ अवतार लिएको छ। ‘सम्पूर्ण नेपाल, एउटै पोर्टल’ भन्ने अवधारणासहित ल्याइएको नयाँ प्रणालीले सरकारी सेवा पहुँचलाई एकै ठाउँमा समेट्ने लक्ष्य राखेको छ।

पहिले सीमित जानकारीमा आधारित रहेको पोर्टल अब खोज–केन्द्रित र प्रविधिमैत्री बनाइएको छ। प्रयोगकर्ताले राहदानी, राष्ट्रिय परिचयपत्र, कर, जग्गा अभिलेख वा भिसाजस्ता सेवाहरू सिधै खोजमार्फत फेला पार्न सक्नेछन्। यसमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग गरी आवश्यक जानकारी र सम्बन्धित लिङ्क तुरुन्त उपलब्ध गराउने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पोर्टलमा ‘मेरो कित्ता’, सवारी अनुमति, कम्पनी दर्ता र नागरिक एपजस्ता धेरै प्रयोग हुने सेवाहरूलाई प्राथमिकता दिइएको छ। साथै, मन्त्रालयहरू र सरकारी निकायहरूको संरचना पनि सहज रूपमा हेर्न मिल्ने गरी प्रस्तुत गरिएको छ।

प्रधानमन्त्रीको सन्देशसमेत समावेश गरिएको पोर्टलले ‘छिटो, पारदर्शी र पहुँचयोग्य सेवा’ दिने लक्ष्य स्पष्ट पारेको छ।

यद्यपि, नयाँ डिजाइनसँगै केही प्राविधिक र दृश्यात्मक कमजोरीहरू पनि देखिएका छन्। एनिमेसन, फन्टको असंगति र केही भिजुअल तत्त्वहरूमा अझै सुधारको आवश्यकता रहेको प्रयोगकर्ताहरूको प्रतिक्रिया छ।

हाल परीक्षण चरणमा रहेको यो पोर्टल आगामी दिनमा परिमार्जन हुँदै अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?