National life

एआई विकासको गतिमा नाडेल्लाको फरक मत, सुरक्षा र मानव नियन्त्रणमा जोड

एआई जति शक्तिशाली हुँदै गए पनि त्यसको विकास र प्रयोगमा सुरक्षा, मानव नियन्त्रण तथा जोखिम मूल्याङ्कनलाई प्राथमिकतामा राख्नुपर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ दिन अगाडि|२९ भदौ २०८३, सोमबार
1.4kShares
एआई विकासको गतिमा नाडेल्लाको फरक मत, सुरक्षा र मानव नियन्त्रणमा जोड
ncell

काठमाडौं । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नाडेल्लाले मानवताको हित नगर्ने र मानव नियन्त्रणभन्दा बाहिर जाने एआई विकास गर्नुको औचित्य नरहेको बताएका छन्। उनले एआई जति शक्तिशाली हुँदै गए पनि त्यसको विकास र प्रयोगमा सुरक्षा, मानव नियन्त्रण तथा जोखिम मूल्याङ्कनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।

एआईको विकास कति तीव्र गतिमा अघि बढाउने भन्ने विषयमा विश्वका प्रमुख प्रविधि कम्पनीका नेतृत्वबीच बहस भइरहेका बेला नाडेल्लाको यस्तो धारणा आएको हो।

एन्थ्रोपिकका सीईओ डारियो अमोडेईले केही दिनअघि अत्याधुनिक एआई मोडलको विकासमा केही गति कम गर्नुपर्ने र तीव्र गतिमा अघि बढिरहेको प्रविधिसँगै सुरक्षा तथा जोखिम न्यूनीकरणका उपाय विकास गर्न पर्याप्त समय दिनुपर्ने बताएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनको प्रस्तावका केही पक्षमा ओपनएआईका सीईओ साम अल्टम्यान र एलन मस्कले समेत समर्थन जनाएका छन्।

नाडेल्लाले भने एआई सुरक्षाको नाममा यसको विकास तथा नियन्त्रण केही सीमित प्रविधि कम्पनीको हातमा मात्र केन्द्रित गर्न नहुनेमा जोड दिएका छन्।

उनका अनुसार भविष्यमा सुपरइन्टेलिजेन्सको विकास भए पनि त्यसका लागि स्पष्ट आधारभूत मापदण्ड आवश्यक हुन्छ। अत्याधुनिक एआई मानवताको हितमा प्रयोग हुन नसक्ने वा मानव नियन्त्रणमा नरहने अवस्था आएमा त्यस्तो प्रविधि विकास गर्नुको औचित्य नहुने उनको तर्क छ।

उनले एआईबाट प्राप्त हुने लाभ केही कम्पनी वा देशमा मात्र सीमित नभई विभिन्न देश, समुदाय र संस्थासम्म पुग्नुपर्ने बताएका छन्। यसका लागि भविष्यको एआई इकोसिस्टममा बन्द प्रणालीमा आधारित मोडल र खुला स्रोतका मोडल दुवैको सहअस्तित्व आवश्यक रहेको उनको भनाइ छ।

एआईको विकास तथा नियन्त्रण केही सीमित ‘फ्रन्टियर ल्याब’मा मात्र केन्द्रित हुनु उचित नहुने संकेत गर्दै नाडेल्लाले प्रविधिको पहुँच र लाभ व्यापक बनाउनुपर्नेमा जोड दिएका छन्।

नाडेल्लाका अनुसार माइक्रोसफ्टले एआई अनुसन्धानमा लगानीलाई निरन्तरता दिँदै ‘डिलिबरेट पेसिङ’ अर्थात् सोचविचार र आवश्यक मूल्याङ्कनसहितको विकास गतिलाई समर्थन गर्नेछ।

एआई प्रणाली थप शक्तिशाली हुँदै जाँदा सुरक्षा, मूल्य–अनुरूपता (अलाइनमेन्ट) र जोखिम मूल्याङ्कनलाई विकासको सुरुदेखि नै समावेश गर्नुपर्ने उनको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?