National life

अधिक तरलता : निक्षेप संकलनमार्फत् २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ माघ २०८०, आइतबार
551Shares
अधिक तरलता : निक्षेप संकलनमार्फत् २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न आज २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज आइतवार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २५ अर्ब रुपैयाँ तान्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले गते आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

Royal Enfield
nic asia capital
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

साँवा र ब्याज भुक्तानी मिति फगुन ६ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?