National life

अध्यादेशको अस्त्रले ओलीलाई नै निर्वस्त्र बनाइदियो : प्रभु साह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ फागुन २०८१, बिहिबार
567Shares
अध्यादेशको अस्त्रले ओलीलाई नै निर्वस्त्र बनाइदियो : प्रभु साह
ncell

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अध्यादेशको अस्त्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निर्वस्त्र बनाइदिएको टिप्पणी गरेका छन्।

रौतहटमा यमुनामाई गाउँपालिकाको विशेष भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले झण्डै दुई तिहाई बहुमतको गफ दिने प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश पारित गर्नका लागि सामान्य बहुमत समेत नभएको बताए। आफैंले ल्याएको अध्यादेश पारित गराउन नसक्ने प्रधानमन्त्रीले कुन नैतिकताका आधारमा कुर्सीमा बसिरहेको भन्ने प्रश्न गर्दै उनले अलिकति पनि देश र जनताको माया भए तुरुन्त कुर्सी छोड्न सल्लाह दिए।

अध्यक्ष साहले अहिलेको नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन नभई ओली र शेरबहादुर देउवाको स्वार्थको गठबन्धन भएको टिप्पणी गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले मुलुक र जनताको हितका लागि ओली र देउवाको बन्धनबाट देशलाई तत्काल मुक्त गर्नुपर्ने बताए।

ओली र देउवाको स्वार्थ बन्धनबाट विपी र मदन भण्डारीलाई मान्ने कांग्रेस र एमालेका नेताकार्यकर्ता सहित मुलुक र जनता समेत पीडित भएकाले स्वार्थ बन्धनलाई बहिष्कार गरेर अगाडी बढनुपर्ने उनले बताए।

 

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?