काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम सोमबार (माघ २२ गते) बाट लगानीकर्ताको खातामा जम्मा हुने भएको छ । अपरको हकप्रद शेयर लिलामीको प्रबन्धक नागरिक लगानी कोषले भोलिबाट लिलामीमा नपरेको शेयरबापतको रकम फिर्ता गर्ने जनाएको छ ।
अपर तामाकोशीको लिलामीमा १ सय ४७ रुपैयाँ मूल्य राखेकाले आंशिक शेयर पाएका छन् । लगानी कोषका अनुसार १ सय ४७ रुपैयाँ मूल्य राखेर आवेदन दिएकाले मागको ५५ प्रतिशत शेयर प्राप्त गरेका छन् भने १ सय ४७ रुपैयाँ भन्दा बढी मूल्य राखेर शेयर मूल्य राखेकाले माग गरे जति नै शेयर प्राप्त गरेका छन् ।
अपर तामाकोशीले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्दा नबिकेको १ करोेड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर लिलामीमा राखेको थियो । लिलामीमा ३० हजार भन्दा बढी लगानीकर्ताले भाग लिएका थिए भने नगद ७ अर्ब र चेकमार्फत ७ अर्ब गरेर करिब १४ अर्ब रुपैयाँ रकम बैंकमा जम्मा भएको थियो । कोषले १० अर्ब रुपैयाँ भन्दा बढी रकम लगानीकर्तालाई फर्काउनेक्रम भोलिबाट सुरु हुनेछ ।

































