काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपि पावर कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
बिहीबारको अन्तिम कारोबार मूल्य ३११ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ ।
समायोजन पश्चात यसको सेयर भाउ प्रतिकित्ता २९६.१९ रुपैयाँ कायम भएको छ ।
सोही मूल्यलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।






































