काठमाडौं । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज कात्तिक १ गते बिहीबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक २ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यस कम्पनीले घोषणा गरेको लाभांश हात पार्न सक्नेछन् ।
यस कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनसहित ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश प्रस्ताव पारित गर्न अपिले कात्तिक ११ गते वार्षिक साधारण सभा डाकेको छ ।
कम्पनीले लाभांश पछिको नाफाको रकम ४.२५०३ प्रतिशत बराबरको रकम २४ करोड ५९ लाख ५२ हजार ९२ रुपैयाँ कम्पनीको जगेडा कोषमा राख्ने निर्णय समेत गरेको छ ।






































