National life
cg eloctronics

अन्तरिम सरकारलाई आम निर्वाचन गराउन अमेरिका सहयोग गर्न तयार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ भदौ २०८२, आइतबार
450Shares
अन्तरिम सरकारलाई आम निर्वाचन गराउन अमेरिका सहयोग गर्न तयार
ncell

काठमाडौँ । अमेरिकाले अन्तरिम सरकारद्वारा घोषणा गरिएको आम निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्न तयार रहेको जनाएको छ। आइतबार काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिँदै दूतावासले यो अवस्थामा आउन युवाहरूको आन्दोलन र अन्तरिम सरकार गठनमा सहजीकरण गरेको राष्ट्रपति रामचन्द्र पौडेलको समेत प्रशंसा गरेको छ।

दूतावासले अन्तरिम सरकारले आगामी महिनामा नयाँ निर्वाचनको तयारी गर्ने प्रक्रियामा नेपालसँग सहकार्य गर्न अमेरिका तत्पर रहेको स्पष्ट पारेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देलले संक्रमणकाललाई सहज बनाउन र शान्तिपूर्ण नागरिक सरकार तथा व्यवस्था पुनर्स्थापना गर्न खेलेको भूमिकालाई सम्मान प्रकट गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
450SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?