National life

अमेरिकी डलरको भाउ निरन्तर उच्च बिन्दुमा, अन्य देशको कति छ ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ माघ २०८१, शुक्रबार
538Shares
अमेरिकी डलरको भाउ निरन्तर उच्च बिन्दुमा, अन्य देशको कति छ ? (सूचिसहित)
ncell

काठमाडौं । पछिल्लो समय बढ्दो अमेरिकी डलरको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज माघ २४ गते शुक्रबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १४० रुपैयाँ ४३ पैसा कायम भएको छ ।

यस्तै, खरिददर १३९ रुपैयाँ ८३ पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि बिहीबार १ अमेरिकी डलर बिक्रीदर १४० रुपैयाँ २५ पैसा र खरिददर १३९ रुपैयाँ ६५ पैसा पुगेर रेकर्ड बनाएको थियो।

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा रहेको छ भने खरिददर १४४ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १७४ रुपैयाँ ५३ पैसा र खरिद दर १७५ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा तोकिएको छ। क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?