National life

अमेरिकी डलरको भाउ बढ्यो ,अन्य विदेशी मुद्राको विनिमय दर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असार २०८२, बुधबार
701Shares
अमेरिकी डलरको भाउ बढ्यो ,अन्य विदेशी मुद्राको विनिमय दर कति ?
ncell

काठमाडौं । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज असार ४ गते बुधबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ २९ पैसा कायम भएको छ । यस्तै, खरिददर १३७ रुपैयाँ ६९ पैसा कायम भएको छ । यसअघि मंगलबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा र खरिददर १३७ रुपैयाँ ४१ पैसा कायम भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५९ रुपैयाँ ९९ पैसा रहेको छ भने खरिददर १५९ रुपैयाँ २९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८७ रुपैयाँ ५६ पैसा खरिददर १८६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ५६ पैसा र खरिददर ९ रुपैयाँ ५२ पैसा छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ ०२ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने १०१ रुपैयाँ ५२ पैसा र बिक्रीमा १०१ रुपैयाँ ९६ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
701SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?