National life

असार १७ गतेदेखि लागू हुने गरी विश्व बैंकद्वारा ऋणको ब्याजदर वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ साउन २०८२, मङ्गलबार
1.2kShares
असार १७ गतेदेखि लागू हुने गरी विश्व बैंकद्वारा ऋणको ब्याजदर वृद्धि
ncell

काठमाण्डौ । नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि भएकाले विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर पनि बढाएको छ ।

अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यही जुलाई अर्थात गएको असार १७ गतेदेखि लागू हुने गरी विश्व बैंकको विकास सहायतामा शून्य दशमलव ७५ प्रतिशत ब्याजदर बढेर १ दशमलव ५ प्रतिशत पुगेको जानकारी दिनुभयो ।

नेपाल गरिब राष्ट्रहरूको सूचीबाट स्तरोन्नति भएकाले ऋणको ब्याजदर स्वाभाविक रुपमा बढेको उहाँको भनाइ छ ।

नेपालले ४० वर्षभित्र तिर्ने गरी लिने गरेकोमा अहिले म्याच्युरिटी अवधि ३० वर्ष बनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
महाशाखा प्रमुख शर्माले नेपालको विकास सहायतामा विश्व बैकको ८० प्रतिशत योगदान रहेको जानकारी दिनुभयो ।

विश्व बैंक र एशियाली विकास बैंकले ल्याएका देशीय साझेदार रणनीतिसँग सामञ्जस्यता मिलाउने गरी विकास सहायतालाई अघि बढाउने महाशाखाले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?