National life

आइएमई लाइफले प्रभातफेरी तथा वृहत रक्तदान कार्यक्रम गरि छैठौं वार्षिकोत्सव मनायो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०१ भदौ २०८०, शुक्रबार
601Shares
आइएमई लाइफले प्रभातफेरी तथा वृहत रक्तदान कार्यक्रम गरि छैठौं वार्षिकोत्सव मनायो
ncell

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले छौंटौं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । स्थापनाको छैटौं वर्ष पुरा सातौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६१९ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, इटहरी, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, टीकापुर र धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । यसका साथै छैटौं वार्षिकोत्सवका कार्यक्रमहरु समापन भएको घोषणा गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले यस अघि आइएमई लाइफ इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताहरुको सम्मान कार्यक्रम, आरुष अस्पताल, ललितपुरको समन्वयमा जीवनशैली जनित रोगहरुको बारेमा अभिकर्ताहरु माझ जनचेतना कार्यक्रम, धरानमा १००० बृक्षारोपण कार्यक्रम, देशैभरि मानव सेवा आश्रम, बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रम, देशैभरि विभिन्न १३ स्थानहरुमा वृहत स्वास्थ्य शिविर कार्यक्रम तथा युवा दिवसको अवसर समेत पारेर वित्तिय जनचेतनाद्वारा युवा सशक्तिकरणको कार्यक्रम समेत गरेर छैटौं वार्षिकोत्सव भव्यरुपमा मनाएको बताए ।

आज बिहान साढे ६ बजेदेखि काठमाडों लगायत सातै प्रदेशमा जीवन बीमा बारे जनजागरणका लागि प्रभातफेरी कार्यक्रम गरिएको थियो । देशैभरि गरेर उक्त प्रभातफेरी कार्यक्रममा १५०० जनाभन्दा बढीको सहभागीता थियो ।

 

२०७४ भदौ १ गतेदेखि कारोबार संचालन गरेको आइएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

भर्खरै आइपीओ निष्काशन गरेको यस कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा पनि उत्साहजनक प्रगति गरेको छ । कम्पनीले समिक्षा अवधिमा २४ करोड ०८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनी १२ करोड ८६ लाख रुपैयाँ खुद नाफामा थियो ।

कम्पनीको जीवन बीमा कोष ४३ दशमलव २५ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ६ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको छ ।समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १६ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ । जगेडा कोष २४९ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
601SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?