National life

आइतबार प्रधानमन्त्रीको शपथ लिदै मोदी,नेपालबाट प्रचण्ड जाँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ जेठ २०८१, बिहिबार
650Shares
आइतबार प्रधानमन्त्रीको शपथ लिदै मोदी,नेपालबाट प्रचण्ड जाँदै
ncell

काठमाडौं । आउँने आईतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको लागि शपथ लिदै छन्। टाइम्स अफ इन्डियाका अनुसार मोदीले आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका हुन्।

यो भन्दा पहिले मोदीले शनिबार प्रधानमन्त्रीको शपथसँगै सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका थिए भने चुनावी नतिजासँगै राजीनामा दिएकाले मोदी अहिले कामचलाउ प्रधानमन्त्रीको रूपमा रहेका छन्।

मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत छिमेकी देशका सरकार र राष्ट्र प्रमुखहरू सहभागी हुने भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि मोदीले शनिबार प्रधानमन्त्रीको शपथसँगै सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका थिए। चुनावी नतिजासँगै राजीनामा दिएकाले मोदी अहिले कामचलाउ प्रधानमन्त्रीको रूपमा रहेका छन्।

मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत छिमेकी देशका सरकार र राष्ट्र प्रमुखहरू सहभागी हुने भएका छन्।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्गेलगायत पनि सहभागी हुने भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ।

मोदीले यसअघि सन् २०१४ र २०१९ मा सरकारको नेतृत्व गरेका थिए । भारतीय जनता पार्टी (भाजपा) का मोदीलाई प्रधानमन्त्री बनाउन जनता दल युनाइटेडका नितिश कुमार र तेलगु देसम पार्टीका चन्द्रबाबु नायडूले लिखित सहमति गरेका छन्।

भाजपाको नेतृत्वमा रहेको एनडीए गठबन्धनमा यी दुई दल पनि छन्। भारतमा सरकार बनाउनको लागि आवश्यक २७२ सिट मोदीको पार्टी भाजपासँग छैन । लोक सभा चुनावमा भाजपाले २४० सिट जितेको छ।

जनता दल युनाइटेडसँग १२ र तेलगु देसम पार्टीसँग १६ सिट रहेको छ। यी दुई दलको समर्थनमा पनि बहुमत नपुगेपछि मोदीले एनडीए भित्रकै अरू दलको साथ खोजिरहेको अवस्था छ ।

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?