काठमाडौं। यस साताको पहिलो कारोबारका दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेको छ ।
मूल्य बढेसँगै छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रवार सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर २३ सय ५० रुपैयाँ कायम भएको छ।






























