काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यही वैशाख १९ गते पेस गरिने भएको छ । प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा सोही अनुसार तयार पारिएको हो ।
सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफल गरेपश्चात सो मस्यौदा तयार पारेका हुन् । उक्त मस्यौदा अनुसार आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गरिने प्रस्ताव सरकारले गरेको छ ।
उक्त क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।सभामुख घिमिरेले छलफलमा पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव सो बैठकले उक्त प्रस्ताव पनि अनुमोदन गरेको छ ।
































