National life

आगामी दिनमा विश्वव्यापी वृद्धिदर थप कमजोर बन्दै जान्छ : विश्व बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२५ जेठ २०८०, बिहिबार
700Shares
आगामी दिनमा विश्वव्यापी वृद्धिदर थप कमजोर बन्दै जान्छ : विश्व बैंक
ncell

काठमाडौं । विश्व बैंकले विश्वव्यापी आर्थिक वृद्धिदर तीव्र रुपमा सुस्त भइरहेको जनाएको छ ।उदीयमान बजार र विकासशील अर्थतन्त्रहरुमा विश्वव्यापी व्याजदर वृद्धि हुँदा पनि वित्तीय जोखिमको सम्भावना उच्च रहेको विश्व बैंकको पछिल्लो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स रिपोर्टमा जनाइएको छ ।

विश्वव्यापी वृद्धिदर सन् २०२२ मा ३.१ प्रतिशत रहेकोमा सन् २०२३ मा घटेर २.१ प्रतिशतमा पुग्ने प्रक्षेपण रिपोर्टमा गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चीन बाहेक अन्य ईएमडीईएसमा गत वर्षको ४.१ प्रतिशतको वृद्धि सुस्त हुँदै यस वर्ष २.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।

यो प्रक्षेपणले आगामी दिनमा व्यापकरुपमा विश्वव्यापी वृद्धिदर थप कमजोर बन्दै जाने देखाएको छ ।

‘गरिबी घटाएर समृद्धि फैलाउने निश्चित उपाय भनेको रोजगारी नै हो ।सुस्त वृद्धिले रोजगारी सिर्जनामा कठिनाइ गराउँछ’ विश्व बैंकका समूह अध्यक्ष अजय बङ्गाले भने,’वृद्धिदरको प्रक्षेपण अन्तिम सत्य‍ होइन भन्ने कुरा दिमागमा राख्न जरुरी छ । हामीसँग यो लहरलाई बदल्ने मौका छ । तर, यसका लागि हामीले एकजुट भएर काम गर्न आवश्यक छ ।’

विकाशशील राष्ट्रहरुमा पछिल्लो समयमा देखिइरहेको बैंकिङ क्षेत्रको जोखिमले सीमित रुपमा मात्रै क्षति पु¥याउने देखिएको छ । तर यी देशहरु पनि सुनामीमाथिको डुंगा जस्तै खतरासँग खेलिरहेको विश्व बैंकले जनाएको छ ।

बढ्दै गएको विश्वव्यापी ऋणका मापदण्डहरुका कारण विकाशशील तथा उदाउँदै आएका अर्थतन्त्र भएका देशरुले अन्तर्राष्ट्रिय कर्जा बजारमा पहुँच गुमाउँदै गएको विश्व बैंकको अनुभूत गरेको जनाएको छ । पहिले नै कम कर्जा योग्यता भएका विकाशशील देशहरुलाई यसले थप दबाबमा पारेको छ ।

सन् २०२३ को आर्थिक वृद्धि यी राष्ट्रहरुका लागि अघिल्लो वर्षको तुलनामा आधाभन्दा कम प्रक्षेपण गरिएको छ । यसले विकाशशील राष्ट्रहरुमाथि थप जोखिम ल्याएको विश्व बैंकले जनाएको छ ।

पछिल्लो प्रक्षेपण कोभिड महामारीले ग्रस्त भएको अर्थतन्त्र माथि रुसले युक्रेनमाथि गरेको हमला र विश्वभरमै कमजोर हुँदै गएको वित्तीय अवस्थाको परिणाम भएको विश्व बैंकले जनाएको छ ।

विकाशशील राष्ट्रहरु जसले आफ्नो विकशीत भविष्य सोचेका छन् उनीहरुलाई यो आर्थिकअवस्थाले पछाडि धकेल्ने विश्व बैंकको जिकिर छ ।

सन् २०२४ को अन्त्य सम्ममा विकाशशील अर्थतन्त्र भएका देशहरुमा आर्थिक गतिविधि कोभिड महामारीको समयमा गरिएको प्रक्षेपणभन्दा ५ प्रतिशत कम हुने देखिएको विश्व बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
700SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?