National life

आजको प्रतिनिधिसभाको बैठकका यी हुन मुख्य एजेन्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ असार २०८१, बिहिबार
605Shares
आजको प्रतिनिधिसभाको बैठकका यी हुन मुख्य एजेन्डा
ncell

काठमाडौं । आज सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बिहान ११ बजेबाट सुरु हुने भएको छ ।

उक्त बैठकमा सभामुखले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समिति अन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री तामाङले नै ‘अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०८१’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?