काठमाडौँ । लामो समयको खडेरी पश्चात् आइतबार झासतिर काठमाडौँ उपत्यका सहित देशका विभिन्न भूभागमा सामान्य वर्षा भएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ मौषम विभागले जनाएको छ।
त्यस्तै कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यता कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।






























