काठमाडौँ । आज पुस महिनाको १७ गते नेप्सेमा सूचीकृत ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । आज नेपाल दूरसञ्चार कम्पनी, गरिमा विकास बैंक र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
यी कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्दै छन् । तसर्थ, आज पुस १७ गतेसम्म कायम शेयर धनीले मात्र लाभांश पाउन योग्य हुनेछन् ।
जस अनुसार नेपाल दूरसञ्चार कम्पनीले गत वर्षको नाफाबाट शेयर धनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्दै छ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २८ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान १० बजेका लागि वार्षिक साधारण सभा बोलाएको छ।
त्यस्तै, गरिमा विकास बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) नगद लाभांश वितरण गर्दै छ। उक्त लाभांश पारित गर्न बैंकले पुस २९ गते पोखरा ग्राण्ड, बिरौटा कास्कीमा बिहान १०ः ३० बजे वार्षिक साधारण सभा बोलाएको छ।
यता, बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।


































