काठमाडौँ । हिन्दु तागाधारीहरुले श्रावण शुक्ल पूर्णिमा अर्थात शुक्रबार जनै पूर्णिमा पर्व मनाइरहेका छन् । यस मन्त्रको अर्थ हो– ‘‘सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ” ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज सोमबार देशभर विशेष नवयज्ञोपवीत जनै एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ। तीन सुता भएको धागालाई नछिनालीकन संकलन गरेर बराबर पारेर बाटी त्यसलाई तीन भागमा बनाई बाट्दा नौ डोरा हुन्छ।
जनैमा रहने तीन वटा शिखाका नौ वटा धागो डोरा मध्ये एउटा शिखामा रहेका तीन डोरालाई, ब्रह्मा, विष्णु र महेश्वर अर्को तीनमा कर्म , उपासन र ज्ञानयोग र अर्कोमा ऋषिऋण, पितृऋण र देवऋणको प्रतीक र सूचक मानिन्छन् ।यसैगरी सत्व, रज, तमको र ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रमको पनि प्रतीक र सूचक मानिन्छ, संन्यास आश्रममा यज्ञोपवित लाई विसर्जन गरिन्छ । यसले गर्दा सदैव दायित्व र कर्तव्य बोधको बाटोमा डोर असल पथिक बनाउनेछ भन्ने मान्यता छ ।
सोमबार बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र (डोरो) बाध्ने परम्परा रहेको छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षा सूत्र धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
यसैबिच जनैपूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। सोमबार दिउँसो १ बजेर ३१ मिनेटपछि रक्षा बन्धनको कर्म गर्नु मुनासिब रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
क्वाँटी खाने दिन
जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षा यामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
काठमाडौँको उत्तर पूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाईंकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।































