National life

आज संसदबाट विश्वासको मत लिँदै प्रधानमन्त्री ओली, एमालेलाई ह्विप जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ साउन २०८१, आइतबार
686Shares
आज संसदबाट विश्वासको मत लिँदै प्रधानमन्त्री ओली, एमालेलाई ह्विप जारी
ncell

काठमाडौँ । नेपालको ४५औँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदै छन्।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। काँग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
२७५ सदस्यीय प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रधानमन्त्री ओलीले कम्तीमा १३८ सांसदको समर्थन पाउनुपर्छ। नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरिसकेको छ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्नका लागि प्रतिनिधि सभाको बैठकअघि काँग्रेसको संसदीय दलको बैठक बस्दै छ। सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका कारण ओलीलाई विश्वास प्राप्त गर्न काँग्रेसको ८८ र एमालेको ७९ सांसदकै मात्र समर्थन पनि पर्याप्त हुन्छ।

प्रतिनिधि सभामा  काँग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४,  नेकपा (एकीकृत समाजवादी) का १०, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका १/ १ जना र दुई जना स्वतन्त्र सांसद छन्।

यो समाचार शेयर गर्नुहोस्
686SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?