National life

आज सिंहदरबारमा नवनिर्वाचित १८ राष्ट्रियसभा सदस्यले आज शपथ लिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२५ फागुन २०८२, सोमबार
1.2kShares
आज सिंहदरबारमा नवनिर्वाचित १८ राष्ट्रियसभा सदस्यले आज शपथ लिँदै
ncell

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण कार्यक्रम आज हुने भएको छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ।

गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्य पदका लागि निर्वाचन सम्पन्न भएको थियो। सो निर्वाचनबाट विजयी भएका सदस्यहरूले आज औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा (२) बमोजिम नवनिर्वाचित सदस्यहरूलाई शपथ गराउने छन् ।

शपथग्रहण कार्यक्रममा सहभागी हुन सदस्यहरूले आफ्नो पहिचान झल्कने पोशाकमा उपस्थित हुनुपर्नेछ। साथै, निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। यसैबीच, नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले कानुनअनुसार शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सचिवालयमा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ।

निर्वाचन आयोग नेपाल का अनुसार माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनबाट विभिन्न प्रदेशबाट १८ जना सदस्य निर्वाचित भएका हुन्। कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएका छन्। मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन्।

त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन् भने कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित भएका छन्।

यसैगरी सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन्। नवनिर्वाचित सदस्यहरूले शपथ ग्रहण गरेपछि राष्ट्रियसभाको आगामी बैठकमा सहभागी हुँदै आफ्नो संसदीय कार्यकाल औपचारिक रूपमा सुरु गर्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?