काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार हिजो (सोमबार)कै मूल्यमा सुनको कारोबार हुने भएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ छ ।
हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ५ रुपैयाँमा भइरहेको छ ।





































