National life

आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल जारी , के शिक्षकको माग सम्बोधन होला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ चैत २०८१, बिहिबार
451Shares
आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल जारी , के शिक्षकको माग सम्बोधन होला ?
ncell

काठमाडौँ । सिंहदरबारमा आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल सुरु भएको छ । महासंघका प्रतिनिधिहरूसँग मन्त्रालयले छलफल सुरु आन्दोलनरत एक शिक्षकले जानकारी दिएका छन् ।

छलफलमा शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव दीपक काफ्ले सहित ४ जना र महासंघका तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीसहित ४ जना सहभागी छन् । छलफलले शिक्षकको आन्दोलन र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने कुराको निर्क्यौल हुने सूचना अधिकारी शिक्षा नीलकण्ठ ढकालले जानकारी दिएका छन् ।

Royal Enfield
nic asia capital

शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् ।सरकारले २१ र २६ चैतमा विज्ञप्तिमार्फत र २२ चैतमा पत्र लेखेर शिक्षकहरूलाई वार्तामा बोलाएको थियो ।

विगतमा भएका सहमति मन्त्रिपरिषद्बाट अनुमोदन र विद्यालय शिक्षा ऐन जारी गर्ने सुनिश्चिततासहितको प्रतिबद्धता सरकारी निकायबाट आए मात्र वार्तामा बस्ने भन्दै महासंघले विज्ञप्ति नै जारी गरेको थियो ।

–राहत शिक्षक, साविक उच्च मावि शिक्षक, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार तथा विशेष शिक्षाका शिक्षकको कोटालाई स्थायी दरबन्दीमा परिणत गरी उमेरको हद नलगाई प्रतियोगितात्मक प्रणालीबाट स्थायी गर्नु पर्ने,

–स्थायी हुन नसक्नेको हकमा स्वेच्छिक अवकाशको आकर्षक सुविधा ( गोल्डेन हेन्डसेक) को व्यवस्था गर्नुपर्ने र यसरी स्थायी प्रतियोगिता संचालन गर्दा वि.सं. २०७५ को आन्तरिक परीक्षा दिन नपाएका वा छुटेका अस्थायी करार शिक्षकले पनि यो अवसर प्रदानकर्ता गर्नु पर्ने,

–शिक्षण पेसामा स्थायी शिक्षक हुने मान्यतालाई आत्मसात् गर्नुपर्ने र हाल अस्थायी प्रकृतिका शिक्षकहरुको विरामी विदा सञ्चित हुने व्यवस्था गर्नु पर्ने,

–तह अनुसार हरेक विद्यालयमा कर्मचारीको दरबन्दी व्यवस्था गरि ग शिक्षक सेवा आयोगबाट प्रतियोगितात्मक परिक्षा संचालन गरि स्थायी गर्नु पर्ने, अवकाश भएका र अवकाश लिन चाहने कर्मचारीलाई आकर्षक आर्थिक सुविधा दिनु पर्ने,

–बालविकास शिक्षामा कार्यरत शिक्षकलाई विद्यालय संरचनाभित्र ल्याइ बालविकास कोटालाई स्वीकृत कोटा (प्राथमिक तृतीय सरह)मा परिणत गरी सहमति बमोजिम शिक्षक सेवा आयोगबाट प्रतियोगितात्मक परिक्षाबाट स्थायी गर्नुपर्ने लगायतको माग राख्दै शिक्षकहरु सडक आन्दोलनमा हुमिएका हुन् ।

 

यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?