National life

आम्दानी वृद्धिसँगै सिटिजन्स बैंकको व्यवसायिक विस्तार निरन्तरता

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१४ माघ २०८२, बुधबार
1.4kShares
आम्दानी वृद्धिसँगै सिटिजन्स बैंकको व्यवसायिक विस्तार निरन्तरता
ncell

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको खुद नाफामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म गिरावट आएको छ। बैंकले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७८ प्रतिशतले घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यद्यपि, बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य वृद्धि देखिएको छ।

गत आवको पुस मसान्तसम्म ३ अर्ब ७ करोड ४५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा बढेर ३ अर्ब १४ करोड ४५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कुल सञ्चालन आम्दानी पनि ३ अर्ब ९३ करोड ४५ लाख रुपैयाँबाट बढेर ४ अर्ब ११ करोड ८७ लाख रुपैयाँ पुगेको बैंकको वित्तीय विवरणमा उल्लेख छ।

तर सञ्चालन खर्च बढेसँगै बैंकको सञ्चालन नाफा घटेको देखिएको छ। गत आवको छ महिनामा ९१ करोड १३ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको बैंकले चालु आवको पुस मसान्तसम्म ५० करोड ४१ लाख रुपैयाँ मात्र सञ्चालन नाफा कमाएको छ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य रूपमा घटेको छ। गत आवको पुस मसान्तमा ८.९६ रुपैयाँ रहेको ईपीएस चालु आवको सोही अवधिमा घटेर ४.६३ रुपैयाँमा सीमित भएको छ। यसैगरी, बैंकको खराब कर्जा अनुपात (एनपीएल) ४.८५ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेको छ, जसले कर्जा गुणस्तरमा दबाब देखाएको छ। बैंकको प्रतिसेयर नेटवर्थ भने १४९.७९ रुपैयाँ कायम रहेको छ।

चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा ८ अर्ब ८२ करोड १७ लाख रुपैयाँ रहेको छ। जगेडा कोष भने १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक अवस्थामा रहेको वित्तीय विवरणले देखाएको छ। समीक्षा अवधिमा बैंकले १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?