काठमाडौँ । सरकारलाई पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष खनालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको सरकारलाई बुझाएको प्रतिवेदन आज वेभसाइटमार्फत सार्वजनिक गरिएको हो । रामेश्वर खनालको अध्यक्षतामा सचिव महेश आचार्य, डा.प्रकाश कुमार श्रेष्ठ, प्रा.डा.
सरकारले दिएको कार्यादेश बमोजिम २०८१ कात्तिकको दोस्रो हप्तादेखि आयोगले काम थालेको थियो । यसअघि आयोगले २०८१ पुस २४ गते तत्काल गर्न पर्ने विषय समेटेर अन्तरिम प्रतिवेदन दिएकोमा अहिले अन्तिम प्रतिवेदन बुझाएको हो ।आयोगले १७ वटा विषयमा विभिन्न सुझावहरू नेपाल सरकारलाई दिएको छ । उक्त सुझावहरू कार्यान्वयन हुने अवस्था भने छैन ।
हेरौँ प्रतिवेदनको पूर्णपाठ
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2025/04/प्रतिवेदन-२०८१-चैत्र-२७-MoF-419_250411_082907_nfqu9gm-1744344319.pdf" title="-प्रतिवेदन-२०८१-चैत्र-२७-MoF-419_250411_082907_nfqu9gm-1744344319"]
































