National life

आवश्यकता भन्दा बढी होल्ड नगरौँ, ग्यासको अभाव छैन : प्रवक्ता ठाकुर

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२८ माघ २०८२, बुधबार
1.2kShares
आवश्यकता भन्दा बढी होल्ड नगरौँ, ग्यासको अभाव छैन : प्रवक्ता ठाकुर
ncell

काठमाडौँ। पछिल्लो समय आवश्यकता भन्दा बढी ग्यास होल्ड गर्ने प्रवृत्तिका कारण बजारमा खाना पकाउने एलपी ग्यासको अभाव सृजना भएको छ। केही दिनअघि मात्रै बजारमा एलपी ग्यासको अभाव भएको हल्ला फैलिएको थियो। उक्त हल्लापछि उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास होल्ड गर्न थालेका कारण बजारमा ग्यास आपूर्तीमा समस्या देखिएको नेपाल आयल निगमले जनाएको छ।

यसैबीच, नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका भट्टले केहीबेर अघि सामाजिक सञ्जालमा मार्फत बजारमा अभाव देखिएका ग्यास कम्पनीहरू (नेपाल ग्यास, एभरेष्ट ग्यास)का सिलिण्डरहरू निगमको टेकु कार्यालयबाट विक्री वितरण सुरु गरिएको जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

फेसबुकमा भट्टले लेखेका छन् - “उपभोक्ताबाट ग्यास सहज रुपमा उपलब्ध नभएको गुनासो आएपछि सहजीकरणको लागि निगमको प्रत्यक्ष निगरानीमा बजारमा केही अभाव देखिएका ग्यास कम्पनीहरू (नेपाल ग्यास, एभरेष्ट ग्यास) का सिलिण्डरहरू निगमको टेकु कार्यालयबाट पनि विक्री वितरण सुरु गरिएको छ। क्षणिक अभाव भए पनि नियमित रूपमा ग्यास आइरहेकोले अनावश्यक रुपमा स्टक नगरिदिनुहुन अनुरोध छ।”

नियमित डिलरबाट ग्यास प्राप्त गर्न नसकेका टेकु र आसपास क्षेत्रका बासिन्दाका लागि उक्त व्यवस्था सहज हुने अपेक्षा गरिएको छ। आयल निगमको यो कदमले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन र उपभोक्तालाई सरकारी निकायबाटै प्रत्यक्ष राहत दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अहिले सिधै कार्यालयबाट ग्यास वितरण सुरु भएकाले उपभोक्ताले लामो समय कुर्नुपर्ने वा डिलरहरूमा धाइरहनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

आवश्यकता भन्दा बढी होल्ड नगरौँ, ग्यासको अभाव छैन

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास होल्ड नगरे बजारमा एलपी ग्यासको अभाव नहुने बताए।

आर्थिक भ्वाईससँगको कुराकानीमा प्रवक्ता ठाकुरले भने, “हाल ग्यास नपाएका उपभोक्ताका लागि टेकु शाखाबाट वितरण सुरु गरेका छौँ। ग्यास निरन्तर आयात भइरहेको छ। हाम्रो खपत ४६–४७ हजार मेट्रिक टन सम्मको मात्रै हो। हाल साविकको ४९ हजार ५ सय मेट्रिक टन कोटामा थप २००० आयात कोटा थपेका छौँ। त्यसैले आत्तिनुपर्ने अवस्था छैन। ग्यासको अभाव हुँदैन।”

हाल बजारमा एलपी ग्यासको अभाव वास्तविक नभई आवश्यकता भन्दा बढी होल्ड गर्ने प्रवृत्तिका कारण सिर्जित समस्या भएको देखिन्छ। नेपाल आयल निगमले सिधै कार्यालयबाट ग्यास वितरण सुरु गरी उपभोक्तालाई सहज पहुँच सुनिश्चित गरेको छ।

आवश्यक मात्रामा मात्र ग्यास खरिद गरी अनावश्यक होल्ड नगर्नु उपभोक्ताका लागि महत्वपूर्ण रहेको छ। यस कदमले बजारमा कृत्रिम अभाव रोक्न र ग्यास आपूर्तिको नियमितता कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?