National life

इजरायलमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद : 'नेपाल फर्काउने तयारी गर्दैछौं'

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ असोज २०८०, सोमबार
546Shares
इजरायलमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद : 'नेपाल फर्काउने तयारी गर्दैछौं'
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “सिक्दै कमाउँदै“ कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीहरूको टिम लिडर विपिन सुवेदीसँग भिडियो संवाद गरेका छन् । बंकरमा रहेका दाङ नारायणपुरका सुवेदीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले उद्धारका लागि सरकार सक्रियतापूर्वक लागिरहेको बताए ।

त्यसक्रममा सुवेदीले आफूहरूलाई छिटो नेपाल फर्काउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्रीले अप्ठेरोमा परेका नेपालीहरूलाई नेपाल फर्काउन विभिन्न उपायहरू अपनाइरहेको भन्दै नआत्तिन र सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री प्रचण्डको सचिवालयले इजरायलको युद्ध क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरूलाई आजै सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिने जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भनेका छन्, ‘इजरायली पक्षसँग कुरा गरी आज नै युद्ध क्षेत्रका विद्यार्थीहरूलाई सुरक्षित स्थानमा लगिँदैछ ।’ उनले हमास समूह लुकिछिपी बसेको आशङ्का गरिएको त्यस क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बङ्करको विद्यार्थीलाई निकाल्न केही ढिलाइ भएको पनि बताएका छन् ।

स्वकीय सचिव मल्लले इजरायलमा हमासको आक्रमण पछि प्रधानमन्त्रीले त्यहाँको अवस्था बुझ्न, घाइतेको उपचार, हराएकाको खोजी, घटनामा परि दुःखद निधन भएकाहरूको शवको पहिचान र नेपाल ल्याउन पहल गर्ने तथा घटनास्थलका बङ्करहरूमा भएका नेपाली नागरिक (विद्यार्थी समेत)हरूको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र उनीहरूलाई नेपाल ल्याउने व्यवस्था गर्ने विषयमा रातोदिन अवस्थाको जानकारी लिने र निर्देशन दिने काम गरेको जनाएका छन् ।

‘उहाँले त्यसको लागि परराष्ट्र मन्त्री ज्युको नेतृत्वमा र्यापिड एक्सन टोली गठन गर्नुभएको छ र त्यो टिमले रातिको समय समेत नभनी काम गरिरहेको छ’, मल्लले प्रधानमन्त्रीको सचिवालयका सदस्य र आफैँ पनि आक्रमणको रातिदेखि बङ्करमा भएका सुदूरपश्चिम विश्वविद्यालयका भाइहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?