काठमाडौं । अमेरिकी डलरको भाउ फेरि उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज माघ १८ गते शुक्रबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ ९१ पैसा कायम भएको छ। यस्तै, खरिददर १३८ रुपैयाँ ३१ पैसा छ ।
यसअघि डलरको भाउ १३८ रुपैयाँ ९१ पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।
पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ भने खरिददर १४३ रुपैयाँ ७६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा र खरिद दर १७१ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ १३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५० पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ र बिक्रीमा ९६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

































