National life

उत्पादन घटेसँगै माग बढ्न जाँदा अण्डाको मूल्यवृद्धि, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असार २०८२, बुधबार
681Shares
उत्पादन घटेसँगै माग बढ्न जाँदा अण्डाको मूल्यवृद्धि, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । अण्डाको उत्पादन घटेपछि माग बढ्न जाँदा अण्डाको मूल्यवृद्धि भएको छ। विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो। देशभर बढेको गर्मीका कारण कुखुराले दाना कम खाँदा अण्डा उत्पादन पनि कम भएको छ। पच्चीस प्रतिशत हाराहारी उत्पादन घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बुधवारदेखि लागू हुने गरी समर्थन मूल्य तोकेको छ । बढेको समर्थन मूल्यअनुसार चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट रु चार सय ८० र मझौला रु चार सय ५० कायम गरिएको छ । दुवैमा प्रतिक्रेट रु ३० वृद्धि भएको हो ।

व्यवसायीहरूले यसलाई होलसेल मूल्यमा प्रतिकार्टुन (सात क्रेट) को ठूलो रु तीन हजार ५४० र मझौला रु तीन हजार ३३० मा बिक्री गर्ने भएको छ ।  चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुनेमा अहिले २८ देखि ३० हजारमा झरेको हो । गत वर्ष प्रतिक्रेट रु पाँच सय २५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु तीन सय ५० मा झरेको थियो । नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा छ ।

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?