National life

उपत्यकाका चार स्थानमा १२ सय बढी अतिक्रमित घरटहरा भत्काइयो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१४ वैशाख २०८३, सोमबार
1.5kShares
उपत्यकाका चार स्थानमा १२ सय बढी अतिक्रमित घरटहरा भत्काइयो
ncell

काठमाडौँ। काठमाडौँ उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमित गरेर बनाइएका एक हजार २७२ घरटहरा भत्काइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, काठमाडौँ महानगरपालिकाका नगर प्रहरीको समन्वयमा सरकारी टोलीले शनिबार र आइतबार काठमाडौँको थापाथली, गैरीगाउँ–बानेश्वर र जडिबुटी तथा भक्तपुरको मनोहरा क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा भत्काएको हो ।

ती चार स्थानमा कुल एक हजार ६५० घर टहरा रहेको प्रहरी तथ्याङ्कले देखाएको छ । गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा १५ वटा पक्की घर र मनोहरा वस्ती (भक्तपुर) मा ३६५ घरटहरा भत्काउन बाँकी रहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शनिबार काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा अतिक्रमण गरी निर्माण गरिएका १४३ घरटहरा भत्काइएको थियो । जोखिमयुक्त क्षेत्रमा निर्माण गरिएका ती संरचना भत्काइएपछि घरबारविहीन बनेका ३४ परिवारका ११५ सदस्यलाई काठमाडौँ महानगरपालिकाको सहयोगमा राधास्वामी सत्सङ्ग भवन कीर्तिपुरमा राखिएको छ ।

यस्तै, गैरीगाउँ–बानेश्वर क्षेत्रमा रहेका ५७८ मध्ये शनिबार ५६० घरटहरा भत्काइएको थियो । सुरक्षाकर्मीको टोलीले आज थप पाँच वटा घर टहरा भत्काएको छ । सो क्षेत्रमा अझै १५ वटा पक्की घर भत्काउन बाँकी छ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रका अतिक्रमित संचरना हटाउन सुरक्षाकर्मी खटिइएको थियो ।

आइतबार मनोहरा जडिबुटी (काठमाडौँ) तर्फ ११४ घरटहरा भत्काइएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अन्दाजी ६०० जना बसोबास गर्दै आएका थिए । उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै मनोहरा वस्ती (भक्तपुर) तर्फका ८१५ मध्ये ४५० भन्दा बढी घरटहरा भत्काइएको छ ।

मनोहरा नदी किनारामा आज बिहान १०ः०० बजेदेखि काठमाडौँ महानगरपालिकाका सात वटा डोजरको सहायताले अतिक्रमित संरचना भत्काउन थालिएको थियो । वर्षाका कारण आजको संरचना भत्काउने कार्यलाई स्थगित गरिएको र बाँकी संरचना सोमबार हटाउने तयारी गरिएको छ ।

सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकताअनुसार व्यवस्थापन सहज रूपमा अघि बढिरहेको जनाएको छ । सहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने, खानेलगायत आधारभूत सुविधाको प्रबन्ध मिलाएको छ ।

“सहारा चाहिएको तर, अलमलमा परेका नागरिकले कार्य क्षेत्रमा खटिएका प्रहरीसँग सम्पर्क गरी आवश्यक सहयोग लिन सक्नुहुनेछ”, सहरी विकासमन्त्री सुनील लम्सालले सामाजिक सञ्जालमा लेखेका छन्, “सामान ढुवानीसहित त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सहज रूपमा पुर्याउने व्यवस्था प्रहरीद्वारा मिलाइएको छ । रङ्गशालामा अभिलेख राखेपछि सम्बन्धित लज तथा होटलमा यातायातसहित बसोबासको व्यवस्था मिलाइएको छ ।”

काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले सुरुआती चरणमा जोखिमयुक्त क्षेत्रका वस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोबासको उचित व्यवस्थापन गरिने बताइन् । अतिक्रमित जमिन खाली गराउने क्रममा घरबारविहीन नागरिकको प्रारम्भिक विवरण सङ्कलन गर्ने र बसोबासको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

यसैबिच, अव्यवस्थित बस्तीबाट होल्डिङ सेन्टरमा लगिएका बालबालिकामा पर्न सक्ने मनोसामाजिक असर न्यूनीकरण गर्न भोलिदेखि काठमाडौँ महानगरपालिकाले उनीहरूका लागि खेल तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । महानगरको सामाजिक विकास विभागअन्तर्गत सो कार्यक्रम सञ्चालन हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?