National life

एकै दिन २५ सयले बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख १० हजार बढीमा कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० भदौ २०८२, शुक्रबार
1.1kShares
एकै दिन २५ सयले बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख १० हजार बढीमा कारोबार ?
ncell

काठमाडौँ। यस साताको अन्तिम कारोबारका दिन आज शुक्रवार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन उच्च बिन्दुमा स्थिर रहेको सुनको मूल्यले आज फेरि अर्को रेकर्ड कायम गरेको हो ।

आज, शुक्रवार सुनको मूल्य एकै पटक तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो। आज सुन तोलामा दुई लाख १० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Royal Enfield
nic asia capital

अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख सात हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो। यस्तै,  बिहीबार तोलामा २ हजार ४८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार २ हजार ४९० रुपैयाँ मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?