काठमाडौँ । हिजो मङ्गलवारका दिन दोहोरो अकंले बढेको शेयर बजार पुनः ओरालो लागेको छ ।
बजारले यस अगाडि चारदिनको ओरालो यात्रामा ब्रेक लाग्दै मंगलवार हरियाली छाएको थियो । तर उक्त हरियाली एक दिनसमेत नटिक्दै बजार पुनः घटेको छ ।
आज बुधवारका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.८३ अकंले घटेर २०२०.८६ बिन्दुमा बन्द भएको छ।
बुधवार ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज लगानीकर्ता शिवम र जोशि हाइड्रोपावरको शेयरमा झुम्मिएका छन् । बुधवार शिवम सिमेन्टको ९ करोड ७२ लाख रुपैयाँ र जोशि हाइड्रोपावरको ८ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।
शेयर बजारलाई बाधा गर्ने केही नीतिगत अवरोध सुधारको माग लगानीकर्ताको रहँदै आइरहेको छ । नीतिगत अवरोध फुकुवा नभएसम्म बजारले लय लिन नसक्ने लगानीकर्ताहरूका विश्लेषण छ ।


































