काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममा चौधरी ग्रुपले बाँसबारीस्थित चाँदबाग विद्यालय गोकर्णेश्वर–जोरपाटीतर्फ सार्न लागेको भन्ने समाचारहरू सार्वजनिक भएका छन् । तर ती समाचारहरू भ्रामक रहेको पाइएको छ ।
वास्तविकता भने फरक रहेको छ । चाँदबाग विद्यालय बाँसबारीबाट अहिले सार्ने तयारी भइरहेको नभई करिब एक वर्षअघि नै भौतिक तथा कानुनी रूपमा गोकर्णेश्वर–जोरपाटीमा स्थानान्तरण भइसकेको हो ।
https://aarthikvoice.com/archives/86434
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले स्थानान्तरणसम्बन्धी आधिकारिक सूचना प्रकाशनमा ढिलाइ गर्दा अहिले भ्रम सिर्जना भएको हो । महानगरले विद्यालय स्थानान्तरणको सूचना करिब एक वर्षपछि मात्र, २०८२ साल चैत्र ८ गते सार्वजनिक गरेको थियो ।
महानगरले ढिलोगरी सार्वजनिक गरेको उक्त सूचनालाई हालैको निर्णय ठानेर केही सामाजिक सञ्जाल पेज तथा अनलाइन माध्यमहरूले चाँदबाग विद्यालय अहिले मात्र बाँसबारीबाट सार्न लागिएको भन्दै समाचार प्रकाशन गरेका हुन्।
https://aarthikvoice.com/archives/86293
यसले वास्तविकता नबुझी सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्ति फेरि उजागर गरेको छ। साथै, केही अनलाइन मिडियाहरू सामाजिक सञ्जालको पछाडि कुद्ने प्रवृत्ति पनि उदांगिएको छ।


































