National life

एनआईसी एशिया बैंकको अनलाईन पोर्टल सार्वजनिक: बैंकिङ्ग जानाकरी दिन सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ फागुन २०८१, शुक्रबार
623Shares
एनआईसी एशिया बैंकको अनलाईन पोर्टल सार्वजनिक: बैंकिङ्ग जानाकरी दिन सकिने
ncell

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु र बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति लगायतका जाानकारी गराउने उद्देश्यले अनलाईन पोर्टल सार्वजनिक गरेको छ।

बैंकले ले् सार्वजनिक गरेको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको बैंकले जनाएको छ। यसको लागि ग्राहकहरुले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान ९लोकेशन० पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सकिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, यसरी ग्राहकहरूले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?