काठमाडौँ । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
माघ २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णयसमेत गरेको जनाएको छ।
बैंकले नियामक स्वीकृति तथा समग्र वित्तीय अवस्थालाई मध्यनजर गर्दै लाभांश नदिने निष्कर्षमा पुगेको बताइएको छ।
यस निर्णयसँगै उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुले नगद वा बोनस सेयर कुनै पनि स्वरूपमा लाभांश प्राप्त गर्ने छैनन्।






































