National life

एनआईसी एशिया बैंकद्वारा धनुषाको विद्यालयमा शैक्षिक सामग्री सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१२ जेठ २०८३, मङ्गलबार
1.8kShares
एनआईसी एशिया बैंकद्वारा धनुषाको विद्यालयमा शैक्षिक सामग्री सहयोग
ncell

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।

विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।

१३८ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेको यस विद्यालयका लागि यस बैंकका जनकपुर सर्कल हेड श्री उत्सुक राज श्रेष्ठज्यूले उक्त विद्यालयकी प्रधानाध्यापक श्री ममता पण्डितज्यूलाई मिति २०८३ ज्येष्ठ १२ गते एक कार्यक्रमका बीच झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री सितेश कुमार झाज्यू, शिक्षक तथा शिक्षिकाहरु, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?