National life

एन आई सी एशिया बैंकको लकर सेवामा ग्राहकहरुका लागि ३० प्रतिशत छुट सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२५ पुस २०८२, शुक्रबार
1.2kShares
एन आई सी एशिया बैंकको लकर सेवामा ग्राहकहरुका लागि ३० प्रतिशत छुट सुविधा
ncell

काठमाडौँ। एन आई सी एशिया बैंकको लकर सेवामा अब ग्राहकहरुले ३० प्रतिशत छुटको सुविधा पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पु¥याएको हो।

२०८२ माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको नयाँ योजनाअनुसार ग्राहकहरुले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नेछन्। ग्राहकले बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले मुलुकभरका विभिन्न शाखाहरुमा ग्राहकहरुको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ । बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकहरुलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुने विश्वास बैंकले लिएको सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल बताएका छन्।

उनले एन आई सी एशिया बैंकले उपलब्ध गराएको लकर सेवा बारेमा थप जानकारीको लागि बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न पनि अनुरोध गरे।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?