National life

ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य साताभरमा ३१ सयले बढ्यो, कुन दिन कतिमा भयो कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ भदौ २०८२, शनिबार
1KShares
ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य साताभरमा ३१ सयले बढ्यो, कुन दिन कतिमा भयो कारोबार ?
ncell

काठमाडौं । यस साता सुनको मूल्यले नयाँ उचाइ कायम गरेर बन्द भएको छ । तीज सकिए लगत्तै सुनको मूल्यमा कीर्तिमानी रेकर्ड कायम भएको छ । त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि उच्च विन्दुमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रभाव नेपाली सुनचाँदी व्यापारमा देखा पर्दा साताको अन्तिम दिन अर्थात् भदौ १३ गते, शुक्रवार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो।

Royal Enfield
nic asia capital

यस अघि सुनको उच्च मूल्य १ लाख ९९ हजार ४०० रुपैयाँ थियो। अघिल्लो रेकर्ड मूल्यको तुलनामा उक्त दिन सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस साताको पहिलो दिन अर्थात् आइतबार प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन, अन्तिम दिनसम्म आइपुग्दा तोलामा ३ हजार १०० रुपैयाँ बढेको हो। यो साता चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। गत साउन १० गते तोलाको २ हजार ३६० रुपैयाँ पुगेर रेकर्ड बनाएको चाँदी, शुक्रवार पनि सोही मूल्यमा कारोबार भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?