National life

कजारिया रमेश टायल्सद्वारा मिस नेपालसँग ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|११ जेठ २०८३, सोमबार
1.4kShares
कजारिया रमेश टायल्सद्वारा मिस नेपालसँग ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक
ncell

काठमाडौं । ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विशेष उपभोक्ता अभियान ’डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यस अभियानले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख सहरका जोडीहरूलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अविस्मरणीय अनुभव बटुल्ने अनुपम अवसर प्रदान गर्दछ ।

यस अभियानमा सहभागी हुन ग्राहकले अभियान अवधिभर एकै पटकको खरिदमा न्यूनतम १,००० वर्ग फिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ । मिस नेपालको क्षेत्रीय अडिसन टुरसँग जोड्दै ल्याइएको यो योजना अडिसन हुने सात सहरहरूः नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा खरिद गर्ने जोडीहरूका लागि मात्र लागू हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अभियानको शुभारम्भका अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका प्रवक्ताले भन्नुभयो, “मिस नेपालसँगको हाम्रो साझेदारीले भव्यता र आधुनिक उत्कृष्टतालाई उजागर गर्दछ । ’डाइन विथ द डिभास’ मार्फत हामी यो उत्सवलाई हाम्रा ग्राहकहरूसम्म सिधै पुरÞ्याउन चाहन्छौं । आफ्नो घर तथा कोठाहरू सजाउनका लागि कजारिया रोज्नुहुने हाम्रा ग्राहकहरूप्रति कृतज्ञता स्वरूप हामी उहाँहरूलाई एक अविस्मरणीय जीवनशैलीको अनुभव प्रदान गर्न चाहन्छौं ।“

यो अभियान २०८३ जेठ १० देखि जेठ २५ गते सम्म यी सात सहरमा रहेका कजारियाका शोरुमहरूमा सञ्चालन हुनेछ । यो अफर अभियान अवधिभित्र गरिएको एकल खरिद बिलमा मात्र मान्य हुनेछ र यसमा सामान्य नियम तथा सर्तहरू लागू हुनेछन् ।

थप जानकारीका लागि ग्राहकहरूले आफ्नो नजिकैको आधिकारिक कजारिया शोरुममा सम्पर्क गर्न वा कजारिया रमेश टायल्स लिमिटेडको आधिकारिक सामाजिक सञ्जालहरू अवलोकन गर्न सक्नेछन् ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । यसको नेतृत्व विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरूबाट थप सुदृढ बनेको छ, जसमा Superbrand २०२५ को उपाधि, Asia’s Most Promising Brand को मान्यता तथा विश्वका शीर्ष ८ टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा स्थापित हुनु समावेश छन् । गुणस्तर तथा दिगोपनाप्रतिको प्रतिबद्धता ISO ९००१ः२०१५ र ISO १४००१ः२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको छ भने भारतीय हरित भवन परिषद् (IGBC) को सदस्यताले यसको वातावरणीय जिम्मेवारीलाई झल्काउँछ । यसैलाई निरन्तरता दिँदै कजारियाले हालै NS Quality Award २०२६ समेत प्राप्त गरेको छ, जसले यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा थप मजबुत बनाएको छ । ३,००० भन्दा बढी डिजाइन विकल्पसहित कजारियाले टिकाउपन, सौन्दर्य र कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक स्थानहरूलाई रूपान्तरण गर्दै आएको छ ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड फाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी. र ४०x४० से.मी. ८मि.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल ४०x४० से.मी.१२ मि. मी. तथा सेरामिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी.(HD Polished) समावेश छन् । यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?