काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको कटारी शाखाले अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन उप–क्षेत्रीय प्रमुख जगतनाथ फुयालले गरेका थिए । सो अवसरमा उनले बीमा अभिकर्ताहरुलाई अभिकर्ताको क्षमता अभिवृद्धि, सेवाग्राहीसँग प्रस्तुत हुने व्यावसायिक व्यवहार, सफलताको सूत्र, कम्पनीका विभिन्न बीमा योजना, कार्य दक्षता सम्बन्धी विधि तथा नियम, साथै कम्पनीका वार्षिक तथा मासिक स्किमबारे सरल र व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए ।
तालिम कार्यक्रममा ६० भन्दा बढी एजेन्सी, एजेन्सी म्यानेजर तथा सिनियर एजेन्सी म्यानेजरको समेत सहभागितो थियो।
आयोजकका अनुसार यस्ता कार्यक्रमले अभिकर्ताको पेशागत क्षमता अभिवृद्धि हुनुका साथै बीमा सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ।

































